ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु

हिमाल प्रेस २२ वैशाख २०८२ २१:३१
18
SHARES
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु प्रतीकात्मक तस्बिर।

उदयपुर– चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो। घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई रहेका छन्।

हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कँदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा राकिएको थियो। जन्तीहरू होटलमा नास्ता खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना ३ त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय प्रमुख बबिन राईले जानकारी दिए।

हाल ट्याक्टर चालक उदयपुरको चौनपा–४ बस्ने ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए। घाइते राईलाई उपचारको लागि सुनसरीको धरानस्थित बीपी मेमोरियल अस्पताल पठाइएको छ।

प्रकाशित: २२ वैशाख २०८२ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast