इरानी टिम लायन्स कप भलिबलको च्याम्पियन

हिमाल प्रेस २२ वैशाख २०८२ २०:०७
20
SHARES
इरानी टिम लायन्स कप भलिबलको च्याम्पियन

पोखरा– पाहुना टोली इरान प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

पोखरा रंगशालामा सोमबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–१ सेटमा हराउँदै उपाधिसहित नगद ४ लाख ४४ हजार ४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। उपविजेता पुलिसले २ लाख ४४ हजार ४४४ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा चार दिन चलेको प्रतियोगितामा इरान, भारतको टिमसहित विभागीय तीन र घरेलु गण्डकी प्रदेश भलिबल संघले भाग लिएका थिए।

फाइनलमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानले दोस्रो सेट २४–२६ ले गुमाएको थियो। तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै पहिलोपल्ट उपाधिमा नाम लेखाउन सफल भएको हो। उसले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो।

यसअघि, विभागीय एपीएफलाई ३–१ सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको थियो। पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट २२–२५ मा एपीएफलाई सुम्पिएको थियो। चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रोसहित १ लाख ४४ हजार ४४४ प्राप्त गर्‍यो।

प्रकाशित: २२ वैशाख २०८२ २०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast