सगरमाथाको चौथो शिविरसम्म डोरी टाँगियो

हिमाल प्रेस २२ वैशाख २०८२ १७:५४
6
SHARES
सगरमाथाको चौथो शिविरसम्म डोरी टाँगियो सगरमाथा शिविरमा डोरी टाँग्न खटिएको टोली। तस्बिर स्रोत : एटके एक्सपेडिसन्स प्रालि

काठमाडौँ- सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) र ल्होत्से (८,५१६ मिटर) हिमालको चौथो शिविर (७,९५० मिटर) सम्म बाटो खोलेर डोरी टाँग्ने काम सकिएको छ।  एक्सपिडिसन अपरेटर्स संघ नेपालबाट सगरमाथा र ल्होत्से शिखरसम्मको डोरी टाँग्ने जिम्मा पाएको ‘एटके एक्सपेडिसन्स प्रालि’ का लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।

उनले सोमबार साँझ चौथो शिविरसम्म डोरी टाँगिएको बताए। ‘अब केही दिनभित्रै मौसम अनुकूल रहेमा दुवै शिखरसम्म डोरी टाँग्ने अन्तिम तयारीमा छौँ’, उनले लेखेका छन्।

सगरमाथा आधार शिविरमा दुई महिनादेखि सयौँ आरोही उचाइ अनुकूलनका लागि बसिरहेका छन्। शिखरसम्म डोरी टांगिएपछि आरोहीहरूले शिखर चढ्ने प्रयास सुरु गर्नेछन्।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४३ टोलीबाट ७४ महिलासहित ४२७ जना आरोहीलाई अनुमति दिइएको छ। त्यसैगरी ल्होत्से हिमाल आरोहणका लागि १०७ जनालाई अनुमति दिइएको छ।

यस वसन्त ऋतुमामा विभागले २६ वटा हिमाल चढ्न कुल एक हजा। २५ जना आरोहीलाई अनुमति दिएको छ। यी आरोहीबाट ७२ करोड ५१ लाख राजस्व संकलन भएको छ|

प्रकाशित: २२ वैशाख २०८२ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast