सरकार तस्कर र बिचौलियाको पक्षमा देखियो : माओवादी केन्द्र

हिमाल प्रेस २२ वैशाख २०८२ १३:५७
8
SHARES
सरकार तस्कर र बिचौलियाको पक्षमा देखियो : माओवादी केन्द्र

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अहिलेको सरकारले भ्रष्टाचार र अवैध क्रियाकलापलाई प्रश्रय दिइरहेको आरोप लगाए।

‘यो सरकार जनताको सरकार होइन । यसले जनताको पक्षमा काम गर्दैन । बिचौलिया, तस्करको हितमा काम गर्छ’, उनले भने, ‘देश संकटको भुमरीतर्फ गइरहेको छ। जताततै अस्तव्यस्तता छ। नागरिकलाई सेवा प्रवाहमा समस्या छ। दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारले ती समस्या समाधान गर्ने तत्परता देखाएको छैन।’

अहिले लोकतान्त्रिक व्यवस्थामाथि संकट आउनु विद्यमानको सरकारको कार्यशैलीको उपज रहेको उनले टिप्पणीसमेत गरे।

प्रकाशित: २२ वैशाख २०८२ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast