बजेट निर्माणबारे अर्थमन्त्री पौडेललाई कांग्रेस सभापति देउवाले दिए यस्तो सुझाव

हिमाल प्रेस २२ वैशाख २०८२ १३:४८
2
SHARE
बजेट निर्माणबारे अर्थमन्त्री पौडेललाई कांग्रेस सभापति देउवाले दिए यस्तो सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न सुझाव दिएका छन्। देउवाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सोमबार भएको भेटमा यस्तो सुझाव दिएका हुन्।

‘देउवाले स्रोतको अधिकतम सदुपयोग हुने गरी बजेट निर्माण गर्न सुझाव दिनुभएको छ’, अर्थमन्त्री पौडेलले हिमालप्रेससँग भने।

अर्थ मन्त्रालयका अनुसार देउवा र पौडेलबीच आगामी आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका बारेमा छलफल भएको थियो।

अर्थमन्त्री पौडेलले सभापति देउवासँग गभर्नर नियुक्ति चाँडै गर्ने र बजेटबारे परामर्श भएको बताए। ‘हालै सार्वजनिक भएको नीति तथा कार्यक्रमपछि बजेट निर्माण, त्यसको आकार र गभर्नर नियुक्तिका विषयमा छलफल भएको हो’, पौडेलले भने।

प्रकाशित: २२ वैशाख २०८२ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast