
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उपाध्यक्ष रोशन कार्कीले आफूहरूको आन्दोलनबाट सरकार डराएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कार्कीले आफूहरूले मुद्दा अघि बढाउन खोज्दा नेताहरूलाई हतकडी लगाएको आरोप लगाएकी हुन्। उनले यदि हत्कडी लगाउने भए गिरिबन्धु टि-इस्टेट र ललिता निवासका भ्रष्टाचारीलाई हत्कडी लगाउन चुनौती दिएकी छन्।
उनले आफू फस्ने डरले सरकारले चैत्र १५ गते भएको घटनाको न्यायिक छानबिन गठन गर्न सरकार तयार नभएको बताए।
प्रकाशित: २२ वैशाख २०८२ १३:३७
प्रतिक्रिया