कांग्रेसलाई एमालेको चुनौती : सत्ता साझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्नुहोला

हिमाल प्रेस २२ वैशाख २०८२ १३:२४
18
SHARES
कांग्रेसलाई एमालेको चुनौती : सत्ता साझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्नुहोला संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्य थापाले सत्ता साझेदार राजनीतिक दलबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन्।

प्रतिनिधिसभाको सोमबार  विशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्ता साझेदार दलका नेताहरुले सरकारविरुद्ध वक्तव्यबाजी गरिरहेको आरोप लगाए। उनले सत्ता साझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा विघटन गर्न सुझाव दिए। तर अस्थिरतालाई मलजल हुने काम सत्ता साझेदारभित्र रहेका कसैले पनि गर्न नहुने उनले बताए।

उनले अहिले सत्तागठबन्धनको मर्मविपरीत  कुनै काम नभएको दाबी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गरे। थापाले गठबन्धनको अभ्यासमा सबै अधिकार एकदललाई मात्रै नहुने भन्दै ऊर्जामन्त्रीको प्रस्तावमा कुलमान घिसिङलाई हटाएको विषय प्रधानमन्त्रीसँग जोडेको भन्दै आपत्ति जनाए।

उनले गठबन्धन सरकारको अभ्यास र कार्यतरिका हेक्का राख्न सत्तारुढ दलकै सांसदहरुलाई आग्रह गरे। उनले सरकार ढल्ने वक्तव्यबाजीहरुले मिडिया रंगिने र समाजमा ध्वनी प्रदूषण हुने क्रम जारी रहे पनि त्यस्ता वक्तव्य निरर्थक साबित भएको जिकिर गरे।

थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबदलिने भन्दै निद्राबाट ब्युँझिएर यथार्थलाई आत्मसात् गरेर अघि बढ्न सुझाव दिए।

प्रकाशित: २२ वैशाख २०८२ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast