हरिलालले ल्याए डेउडा ठाडी भाकामा ‘गाउँ भैगया खाली’

हिमाल प्रेस २२ वैशाख २०८२ १२:२२
70
SHARES
हरिलालले ल्याए डेउडा ठाडी भाकामा ‘गाउँ भैगया खाली’

काठमाडौँ- हरिलाल भट्टराईको शब्दमा ‘गाउँ भैगया खाली’ बोलको डेउडा ठाडी भाका सार्वजनिक भएको छ। गीतमा भुवन दाहाल र डिक्रा वादीको स्वर दिएका छन्। धर्मराज भट्टराईको संगीत भरेको गीतमा कृष्णा बाजुरेलीको संगीत संयोजन छ।

गीतले युवापुस्ता विदेसिनाले गाउँ खाली भएको अवस्थाको चित्रण गरेको छ। रचनाकार भट्टराईले गीत गाउँ र घर कुरेर बसिरहेकी आमाको तर्फबाट लेखेको बताए। गीत पनि सन्तान कुरेर बसेका तीनै आमाप्रति समर्पित गरेको उनको भनाइ छ।

मनिशा रावल र दिनेश एडीले अभिनय गरेको गीतको भिडियो सुरज थापाको छायांकन, थापा कमल विवेकको निर्देशन र सम्पादनमा बनेको छ।

गीत एचएस हार्मोनी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: २२ वैशाख २०८२ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast