रेशम पक्राउबारे नाउपाको चेतावनी, ‘भोलिसम्म प्रधानमन्त्रीले सदनमा जबाफ नदिए सरकार छाड्छौँ’

हिमाल प्रेस २२ वैशाख २०८२ १२:१६
8
SHARES
रेशम पक्राउबारे नाउपाको चेतावनी, ‘भोलिसम्म प्रधानमन्त्रीले सदनमा जबाफ नदिए सरकार छाड्छौँ’

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जबाफ माग गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने बताएका हुन्।

‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन। प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौँ।’

प्रकाशित: २२ वैशाख २०८२ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast