सिमसार संरक्षणका लागि बजेट विनियोजन गर्न सांसद भुसालको माग

हिमाल प्रेस २२ वैशाख २०८२ १२:०१
8
SHARES
सिमसार संरक्षणका लागि बजेट विनियोजन गर्न सांसद भुसालको माग

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सरिता भुसालले सिमसार क्षेत्रहरूको संरक्षण र विकासका लागि सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक बजेट विनियोजन गर्न माग गरेकी छन्।

उनले नेपाल जैविक विविधताको दृष्टिले विश्‍वमा २५औं र एसियामा ११औं स्थानमा पर्ने उल्लेख गर्दै पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा रहेका ५२ घोला, चिसापानी, जलदेवी, मुरलीटाँडी लगायतका सिमसार क्षेत्रहरू जैविक विविधता र वातावरणीय सन्तुलनका लागि अति महत्त्वपूर्ण रहेको बताइन्।

‘यी सिमसारहरूले पानीको स्रोत संरक्षण, जलचर तथा चराचुरुङ्गीको वासस्थान र ग्रामीण पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएका छन्,’ सांसद भुसालले भनिन्, ‘तर उचित संरक्षण र विकास अभावमा यस्ता क्षेत्रहरू अलपत्र अवस्थामा पुगेका छन्।’

उनले सिमसार क्षेत्रहरू स्थानीय बासिन्दाको आयआर्जनमा योगदान पुर्‍याउने स्रोतको रूपमा समेत विकास हुनसक्ने बताउँदै तिनको दीर्घकालीन संरक्षणका लागि सरकारले स्पष्ट नीति ल्याई बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘जीवनउपयोगी सिमसारको आवश्यकतालाई महसुस गरी सिमसार विकासका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

प्रकाशित: २२ वैशाख २०८२ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast