
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले विद्यालय शिक्षा विधेयक-२०८० माथि दफावार छलफल आइतबार समापन गरेको छ।
नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच २०७५ २०७८ र २०८० सालमा भएका सहमतिका बुँदा विधेयकमा समावेश गरिएको एकजना उपसमिति सदस्यले जानकारी दिए।
ती सदस्यले भने, ‘सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमति उपसमितिले टुंग्याएको छ।’ विधेयकमा १५ अनुच्छेद र १६३ वटा दफा थिए।
प्रकाशित: २२ वैशाख २०८२ १०:५५
प्रतिक्रिया