
काठमाडौँ- नेकपा एकीकृत समाजवादी बाँकेको अध्यक्षमा दिपक जीएम निर्वाचित भएका छन्। उनी समाजवादी युवा संघका संस्थागत महासचिव हुन्। लामो समय काठमाडौँ केन्द्रित राजनीति गरेका उनी अब भूगोलको राजनीतिमा रूपान्तरित हुन लागेका हुन्।
उनले युवालाई नेतृत्व दिनुपर्ने एजेन्डा बोकेका थिए। यसअघि सचिव रहेका उनी पुन सोही पदमा नदोहोर्याउने अडानका कारण अध्यक्षका आकांक्षी बनेका थिए।
बाँके जिल्लाभर संगठनलाई मजबुत बनाउने योजना पनि अघि सारेका उनी सुनाउँछन्। शनिबार र आइतबार सम्पन्न जिल्ला अधिवेशनले जिएमको नेतृत्वमा ५७ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो। जिल्ला अधिवेशनले उपाध्यक्षमा शिव डाँगी र करिश्मा योगीलाई चयन गरिएको छ।
सचिवमा तेजप्रसाद अधिकारी, उपसचिवमा मकबुल खाँ, टेकेन्द्र मल्ल र प्रेमिका शाहीलाई चयन गरेको छ। अधिवेशनलाई पार्टीका महासचिव घनश्याम भूसालले उद्घाटन गरेका थिए।