जसपा नेपाल बारा कार्यसमितिमा चुनाव, रमेश यादव निर्वाचित

हिमाल प्रेस २२ वैशाख २०८२ ८:१०
46
SHARES
जसपा नेपाल बारा कार्यसमितिमा चुनाव, रमेश यादव निर्वाचित

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल बाराको नयाँ जिल्ला अध्यक्षमा रमेश यादव निर्वाचित भएका छन्।

पचरौता नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी धर्मवीर प्रसाद यादवलाई ९९ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।

शनिबार सम्पन्न भएको जिल्ला अधिवेशनमा जम्मा ४७२ मत खसेका थिए। जसमा रमेश यादवले २६९ मत प्राप्त गरे भने धर्मबीर प्रसाद यादवले १७५ मतमा सीमित भए।

उपाध्यक्षमा शिवेन्द्रप्रसाद सिंह र पुनम कुशवाहा विजयी भएका छन्। सचिवमा शम्भुकुमार गुप्ता, सहसचिवमा सिकन्द्र दास र नन्दन गुप्ता तथा कोषाध्यक्षमा वीरेन्द्र प्रसाद यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शंकरप्रसाद साहले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०८२ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast