म्यानचेस्टर युनाइटेडको अर्को हार

हिमाल प्रेस २२ वैशाख २०८२ ८:०५
6
SHARES
म्यानचेस्टर युनाइटेडको अर्को हार

काठमाडौँ-  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध ब्रेन्टफर्डले ४-३ को रोमाञ्चक जित निकालेको छ। आइतबार घरेलु मैदान जीटेक कम्युनिटी रंगशालामा सम्पन्न ३५औं चरणको खेलमा ब्रेन्टफर्डका लागि केभिन सेडले दुई तथा योयन विसाले एक गोल गरे।

एक गोल ब्रेन्टफर्डले आत्मघाती उपहार प्राप्त गर्‍यो। खेलमा सुरुआती अग्रता लिएको युनाइटेडका लागि मेसन माउन्ट, एलेहान्द्रो गार्नाचो र अमाद डियालोले गोल गरे।

एक गोलले पछाडि परेको अवस्थानमा ब्रेन्टफर्डले खेललाई ४-१ को स्थितिमा पुर्‍याएको थियो। पछि युनाइटेडले दुई गोल थपेको हो। यो जितसँगै १२औं स्थानको ब्रेन्टफर्ड ५२ अंकका साथ नवौँ स्थानमा उक्लियो। लिगमा ब्रेन्टफर्डको यो लगातार तेस्रो जित हो।

युनाइटेड लगातार छैटौं खेलमा जित हासिल गर्न असफल भयो। हारसँगै युनाइटेडले १३औं स्थानमा उक्लिने अवसर गुमायो। युनाइटेड अहिले ३९ अंकका साथ १५औं स्थानमा छ।
प्रिमियर लिग इतिहासमा युनाइटेडको यो अहिलेसम्मकै खराब सिजन हो।

प्रकाशित: २२ वैशाख २०८२ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast