जर्मन बुन्डेसलिगा बार्यनको हातमा

हिमाल प्रेस २२ वैशाख २०८२ ८:०१
जर्मन बुन्डेसलिगा बार्यनको हातमा

काठमाडौँ- बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा फ्रेइबर्गसँग २-२ को बायर लेभरकुसेन बराबरीमा रोकिएपछि बायर्न म्युनिख च्याम्पियन भएको थियो।

साविक विजेता लेभरकुसेनले भने दोस्रो स्थानमा चित्त बुझाउने देखिएको छ।बायर्नको ३२ खेलबाट ७६ अंक रहेको छ। दोस्रो स्थानमा रहेको लेभरकुसेनको ६८ अंक छ। तेस्रो स्थानमा रहेको फ्रान्कफर्टको भन्दा लेभरकुसेनले १३ अंकको अग्रता बनाएको छ।

बायर्नले बुन्डेसलिगाको ३३औँ उपाधि उचालेको हो। पछिल्लो १३ सिजनमा टोली १२ पटक च्याम्पियन भइसकेको छ ।

प्रकाशित: २२ वैशाख २०८२ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast