
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब सुपर किंग्सले लखनउ सुपर जायन्ट्समाथि जित निकालेको छ। पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो। जितको लागि २३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विजेट गुमाउँदै १९९ रनमा समेटियो।
लखनउको लागि आयुष बडोनीले ४० बलमा ५ चौका र ५ छक्का सहित टिमको लागि सर्वाधिक ७४ रन जोडे। अब्दुल सामदले ४५ रन बनाए। यसबाहेक अन्य खेलाडी सस्तो रनमा समेटिए।
बलिङमा अर्षदीप सिंहले ४ ओभरमा मात्र १६ रन दिएर सर्वाधिक ३ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका खेलाडीले राम्रो प्रदर्शन गरे। २० ओभरमा ५ विकेट गुमाउँदै २३६ रनको योगफल खडा गर्यो।
ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले। प्राभसिम्रन सिंहसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेर जोश इङलिस ३० रनमा आउट भए।
यसपछि प्राभसिम्रन र कप्तान श्रेयश अयरले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गरे। श्रेयश २५ बलमा ४५ रन जोडेर आउट भए।
प्राभसिम्रनको प्रदर्शन उल्लेखनीय रहयो। उनले ४८ बल खेल्दै ६ चौका र ७ छक्का सहित ९१ रनको सानदार पारी खेले। सशांक सिंह अविजित अविजित ३३ रनमा क्रिजमा रहे।
बलिङमा आकाश सिंह र दिगभेष राथीले २र२ विकेट झारे। यस्तै प्रिन्स यादवले १ विकेट लिए।पन्जाब ११ खेलमा सातौं जित सहित १५ अंक जोड्यो। यो सँगै पन्जाब दोस्रो स्थानमा उक्लिएको छ। पन्जाब लिडर आरसिबी भन्दा १ अंकले पछि रहेको छ।
लखनउको ११ औं खेलमा यो छैटौं हार हो। लखनउसँग १० अंक रहेको छ।