
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले १ रनको झिनो रनले राजस्थान रोयल्सलाई हराएको छ। जितको लागि २०७ रनको चुनौती पछाएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनमा रोकियो।
कप्तान रियान पराग बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्। रियान शतकबाट ५ रनले चुके। बिष्फोटक ब्याटिङ गरेको उनले ४५ बलमा ६ चौका र ८ छक्का सहित ९५ रनको पारी खेले। तर यो उनको प्रदर्शन जितको लागि प्रयाप्त भएन्।
यशस्वी जैसवलले ३४ रनमा र सिम्रन हेटमेयरले २९ रनमा आउट भए। शुभम दुबे र जोफ्रा आर्चर क्रिजमा थिए। बलिङमा मोइन अलि, हर्षित राना र वरूण चक्रवर्तीले समान २ विकेट लिए।
त्यसअघि इडेन गार्डेनमा टस जितेर कोलकाताले पहिलो ब्याटिङ गर्ने निर्णय गर्यो। कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनायो।
ओपनर सुनिल नराइन ११ रनना र र अर्का ओपनर रहमानुल्लाह गुर्बाज ३५ रनना आउट भए। ६९ रन जोड्दा कोलकाताले २ विकेट गुमायो।
यसपछि कप्तान अजिन्के राहने र अंगकृश रघुवंशीले तेस्रो विजेटको लागि ४२ रनको साझेदारी गरे। राहने ३० रनमा आउट भए। अंगकृश र आन्द्रे रसलले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे।
अंगकृश ३१ बलमा ४४ रन जोडेर आउट भए। रसलले उत्कृष्ट ब्याटिङ गरे। २५ बलमा ४ चौका र ६ छक्का सहित अविजित ५७ रनको महत्वपूर्ण योगदान दिए।
बलिङमा जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले १-१ विकेट लिए।कोलकाता ११ अंक सहित छैटौं स्थानमा उक्लिएको छ। राजस्थान ६ अंक सहित आठौं स्थानमा रहेको छ।