घरको छतबाट लडेर नेपाल प्रहरीका असईको मृत्यु

हिमाल प्रेस २१ वैशाख २०८२ १५:३१
48
SHARES
घरको छतबाट लडेर नेपाल प्रहरीका असईको मृत्यु

इटहरी– इटहरी २० तरहरामा घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ।

आइतबार यहाँको पुष्पलाल टोलस्थित निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका बहालवाला प्रहरी सहायक निरीक्षक (असई) प्रेम कटवालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्माणाधीन दुई तले घरमा पानी लगाउने क्रममा चिप्लिएर लड्दा इटहरी २० तरहरा घर भई, धनकुटामा कार्यरत असई कटवालको उपचारको क्रममा मृत्यु भएको हो।

लडेर उनी क्रंकिट र पानीको नालामा परेका थिए। घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले तत्कालै अस्पताल लगे पनि उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भने जारी रहेको सुनसरी प्रहरीको भनाइ छ।कटवालका एक श्रीमती र दुई छोरी छन्।

प्रकाशित: २१ वैशाख २०८२ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast