शिक्षा विधेयक : शिक्षक राजनीतिक दलको सदस्य भए ‘स्वतः पद गुमाउने’

हिमाल प्रेस २१ वैशाख २०८२ १२:५६
106
SHARES
शिक्षा विधेयक : शिक्षक राजनीतिक दलको सदस्य भए ‘स्वतः पद गुमाउने’

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको प्रमाणित भए पदबाट तत्काल हटाउने गरी शिक्षा ऐनमा व्यवस्था हुने बताएका छन्। शिक्षा विधेयकमाथि हाल समितिमा छलफल भइरहेको छ। उक्त विधेयक संसद्बाट पारित भएपछि ऐन बन्नेछ।

शिक्षक आन्दोलन स्थगितपछि एक टेलिभिनज अन्तर्वार्तामा बोल्दै सभापति थापाले शिक्षा ऐनमा शिक्षकहरू एक ट्रेड युनियन रहने र शिक्षकले राजनीतिक दलको सदस्यता लिएको प्रमाणित भए पदबाट हटाउने व्यवस्था ऐनमा हुने बताए।

उनले भने, ‘शिक्षक कर्मचारीहरू प्रत्येक दलको संगठन रहनेबाट वञ्चित हुन्छन्। दलीय सदस्यता प्रमाणित भएमा स्वतः पद खारेज हुनेछ। जुन शिक्षकले कुनै राजनीतिक दलको सदस्यता बोक्छ उसको जागिर चैट हुन्छ। अब राजनीतिक दलको सदस्यता लिन शिक्षकहरूले पाउँदैन।’

सभापति थापाले शिक्षकहरूले निजामती सेवा सरह सेवा सुविधा प्राप्त गर्ने पनि बताए।

प्रकाशित: २१ वैशाख २०८२ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast