पूर्वराजालाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजून् : ईश्वर पोखरेल

हिमाल प्रेस २१ वैशाख २०८२ ९:५३
6
SHARES
पूर्वराजालाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजून् : ईश्वर पोखरेल

जनकपुर- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले वंशवाद नस्वीकार्ने बताएका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातीको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ। हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ।’ वरिष्ठ उपाध्यक्ष पोखरेल पूर्वराजाको नाममा पुनःसत्तामा फर्कने चाहना बोकेका तत्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे।

‘पूर्वराजा नागरिक हुन्। यदि उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन्,’ वरिष्ठ उपाध्यक्ष पोखरेल पोखरेलले भन्नुभयो। पोखरेलले नेपाली कांग्रेससँगको सहकार्यको सन्दर्भमा व्यंग्यात्मक शैलीमा भने, ‘कांग्रेससँग अहिले हाम्रो सम्बन्ध मादल र हार्मोनियम जस्तो छ। मिठास त छ । तर, ताल पनि अलग–अलग । हामी सहकार्य गर्छौँ । तर, प्रतिस्पर्धा बिर्सिन्नौँ।’

उनले सहकार्य र प्रतिस्पर्धा दुवैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्मलाई अघि बढाउनु पर्ने बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले विगत पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबीचको तुलना गर्दै व्यापक विकास भएको दाबी गरे।

प्रकाशित: २१ वैशाख २०८२ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast