अष्ट्रेलियामा एन्थनी अल्बनीजको जित, फेरि प्रधानमन्त्री बन्ने निश्चित

हिमाल प्रेस २१ वैशाख २०८२ ६:५८
4
SHARES
अष्ट्रेलियामा एन्थनी अल्बनीजको जित, फेरि प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौँ- अष्ट्रेलियामा भएको आम चुनावमा वर्तमान प्रधानमन्त्री एन्थनी अल्बनीजले दोस्रो पटक जितेका छन्। लेबर पार्टीका नेताको रूपमा उनले एकपक्षीय जित हासिल गरेको र फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने निश्चित भएको बीबीसीले जनाएको छ।

कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धन देशभर पराजय भएपछि लेबर पार्टीको बहुमत अझ सुदृढ भएको छ। गठबन्धनका नेता पीटर डटन आफैंले समेत आफ्नो पुरानो निर्वाचन क्षेत्र गुमाएका छन्।

यो क्षेत्र विगत ३४ वर्षदेखि उनीहरूकै पकडमा थियो। उनले यस हारको सम्पूर्ण जिम्मेवारी आफैँले लिएको छ। जितपछि अल्बनीजले अष्ट्रेलियाली नागरिकले अष्ट्रेलियाली मूल्यको पक्षमा मतदान गरेका प्रतिक्रिया दिएका छन्।

उनको जितपछि बेलायत र अमेरिका दुवैले अष्ट्रेलियासँग द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन उत्सुकता व्यक्त गरेका छन्। लेबर पार्टीले झन्डै ८० सिटमा जित हासिल गर्न सक्ने आँकलन छ। लिबरल–नेसनल गठबन्धन झन्डै ५५ सिटमा सीमित रहने सम्भावना छ। बीबीसीबाट

प्रकाशित: २१ वैशाख २०८२ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast