उपत्यकामा बिहानबाटै सुरु भयो वर्षा, दिनभर कस्तो रहला?

हिमाल प्रेस २१ वैशाख २०८२ ६:१९
46
SHARES
उपत्यकामा बिहानबाटै सुरु भयो वर्षा, दिनभर कस्तो रहला?

काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्यांग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक/दुई स्थानमा चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भूभागका एक/दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्यांग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित: २१ वैशाख २०८२ ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast