कांग्रेस बैठक : नीति कार्यक्रमलाई सुझावसहित समर्थन, पहलगाम आक्रमण क्रूर हत्याको घटना

हिमाल प्रेस २० वैशाख २०८२ १९:५२
16
SHARES
कांग्रेस बैठक : नीति कार्यक्रमलाई सुझावसहित समर्थन, पहलगाम आक्रमण क्रूर हत्याको घटना कांग्रेस संसदीय दलको बैठक।तस्बिर : रासस

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई आग्रह गरेको छ। शनिबार नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारसँग यस्तो आग्रह गरेको हो।

सरकारको नीति तथा कार्यक्रम देशका प्राथमिकतालाई केन्द्रमा राखेर सुशासन प्रवद्र्धन गर्दै आर्थिक समृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भूमिकालाई प्रभावकारी र सशक्त बनाउने निर्देशित रहेको देखिएकाले रचनात्मक सुझावसहित समर्थन गर्ने बैठकले निर्णय गरेको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्दै नीति कार्यक्रमअनुसार नै बजेट ल्याउन बैठकले सरकारसँग आग्रह गरेको बताए।

कांग्रेस संसदीय दलको बैठकले संसद र विषयगत समितिहरूमा गम्भीर, जिम्मेवार एवं प्रभावकारिताका साथ प्रस्तुत हुने निर्णय गर्दै संसद र विषयगत समितिका सम्पूर्ण गतिविधिहरू क्रियाशील रहन सांसदहरूलाई निर्देशन दिएको छ।

त्यस्तै सरकार र नेपाल शिक्षक महासंघबीच आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएअनुसार काम गर्न कांग्रेस संसदीय दलले प्रतिबद्धता जनाएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए।

कांग्रेस संसदीय दलको बैठकले भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणलाई क्रुर हत्याको घटना भनेको छ। आतंकवादीबाट घटाइएको अमानवीय घटनालाई संसदीय दलको बैठकले भत्र्सना एवं निन्दा गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको उनले बताए।

त्यस्तै वैशाख १८ गते भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको मृत्युप्रति समवेदना प्रकट गर्दै बैठकले घटनाको स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान गराउन आवश्यक कूटनीतिक पहलका लागि सरकारसँग माग गरेको छ।

प्रकाशित: २० वैशाख २०८२ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast