पाकिस्तानबाट आयात बन्द गर्ने निर्णयपछि भारतले रोक्यो मेल र पार्सल आदान–प्रदान

हिमाल प्रेस २० वैशाख २०८२ १८:२०
40
SHARES
पाकिस्तानबाट आयात बन्द गर्ने निर्णयपछि भारतले रोक्यो मेल र पार्सल आदान–प्रदान

काठमाडौँ- पाकिस्तानबाट आयात बन्द गर्ने निर्णय गरेको भारतले अब सबै किसिमका मेल र पार्सल आदान–प्रदान निलम्बित गर्ने निर्णय गरेको छ।

जम्मु–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि दुवै देशबीच तनाव बढेका बेला भारतले यस्तो निर्णय गरेको हो।

सञ्चार मन्त्रालयमातहतको हुलाक विभागले पाकिस्तानसँग मेल र पार्सल आदान–प्रदान निलम्बित गर्न निर्देशन दिएको हो।

हुलाक विभागले जारी गरेको बयानअनुसार,‘भारत सरकारले हवाई र स्थल मार्गहुँदै पाकिस्तानबाट आउने सबैखाले मेल र पार्सल सेवाहरू निलम्बित गर्ने निर्णय लिएको छ।’

यसअघि भारतको वाणिज्य एवं उद्योग मन्त्रालयमातहतको विदेश व्यापार महानिर्देशनालयले पाकिस्तानबाट आयात बन्द गर्ने निर्णय गरेको थियो।

कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो। आतंकवादीहरूले पहलगाम घुम्न आएका पर्यटकहरूमाथि गोली चलाएर हत्या गरेका थिए।

यो घटनापछि भारत–पाकिस्तानबीच तनाब बढेको छ।

प्रकाशित: २० वैशाख २०८२ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast