नागरिकको जीवन सहज बनाउने गरी सरकारले काम गरिरहेको छ : मन्त्री सिंह

हिमाल प्रेस २० वैशाख २०८२ १७:३६
10
SHARES
नागरिकको जीवन सहज बनाउने गरी सरकारले काम गरिरहेको छ : मन्त्री सिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह। फाइल तस्बिर

काठमाडौँ– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा आर्थिक सामाजिक गतिविधि बढाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सिंहले अर्थतन्त्रमा देखिएको समस्या लगायतलाई समाधान गर्ने गरी गम्भीर भएर सरकारले नीति तथा कार्यक्रम ल्याएको बताएका हुन्। राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सिंहले नागरिकको जीवनलाई सहज बनाउने बाटोमा सरकार रहेको जिकिर गरे।

उनले धेरै संघर्ष गरेर प्राप्त गरेको संविधानको भावनाअनुरुप आफ्ना अधिकारको अभ्यास गर्न पाएको कुरा भूल्न नहुने बताए।

उनले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य–मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: २० वैशाख २०८२ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast