पहलगाम आक्रमण : भारतले पाकिस्तानबाट आयातमा लगायो पूर्ण प्रतिबन्ध

हिमाल प्रेस २० वैशाख २०८२ १६:२१
18
SHARES
पहलगाम आक्रमण : भारतले पाकिस्तानबाट आयातमा लगायो पूर्ण प्रतिबन्ध

काठमाडौँ– भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि बढी रहेको तनावका बीच भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको हो।

पाकिस्तानमा उत्पादन भएर भारत आयात हुने सबै सामानमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको भारतको वाणिज्य एवं उद्योग मन्त्रालयमातहतको विदेश व्यापार महानिर्देशनालयले जनाएको छ।

महानिर्देशनालयले जारी गरेको अधिसूचनाअनुसार व्यापार नीति २०२३ मा यससम्बन्धी एक प्रावधानलाई उल्लेख गरिएको छ।

अधिसूचनामा भनिएको छ,‘अर्को आदेश नहुँदासम्म पाकिस्तानसँग हुने सबैखाले आयात निर्यातमा तत्काल लागू हुनेगरी प्रतिबन्ध लगाइएको छ।’

कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको थियो। आतंकवादी आक्रमणमा एक नेपालीको समेत मृत्यु भएको थियो।
यो घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ।

प्रकाशित: २० वैशाख २०८२ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast