सामाजिक सञ्जाल नियमन गर्न चाँडै कानुन ल्याउन संघीय सरकारसँग मुख्यमन्त्री कार्कीको आग्रह

हिमाल प्रेस २० वैशाख २०८२ १४:५९
6
SHARES
सामाजिक सञ्जाल नियमन गर्न चाँडै कानुन ल्याउन संघीय सरकारसँग मुख्यमन्त्री कार्कीको आग्रह मुख्यमन्त्री हिक्कमत कार्की

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना प्रवाह र व्यक्तिगत चरित्र हत्या नियन्त्रण गर्न संघीय सरकारलाई चाँडै कानुन ल्याउन आग्रह गरेका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको प्रयोग संविधान र कानुनको दायराभित्र रहनुपर्ने समेत बताए।

उनले सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या र दोषारोपणले सामाजिक सद्भाव र सहिष्णुता खल्बलिएको हुनाले सामाजिक सञ्जालसम्बन्धी कानुन अत्यावश्यक रहेको धारणा राखे।

नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा एक लाख रुपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको छ भने २५ हजार रुपैयाँ राशिको प्रोत्साहन पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ।

कार्यक्रममा ६० वर्ष नाघेका वरिष्ठ पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको थियो।

प्रकाशित: २० वैशाख २०८२ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast