कोशी नाम र केबलकार खारेजी कार्यक्रममा सहभागी हुन पूर्ण बस्नेतको आह्वान

हिमाल प्रेस २० वैशाख २०८२ ११:४६
24
SHARES
कोशी नाम र केबलकार खारेजी कार्यक्रममा सहभागी हुन पूर्ण बस्नेतको आह्वान

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पहिचानवादीलाई गोष्ठीमा सहभागी हुन आह्वान गरेका छन्।

पार्टीले सुनसरीको धरानमा शनिबार गर्न लागेको कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा सहभागी भएर पहिचानको आन्दोलनप्रति ऐक्यबद्धता र सक्रिया सहभागिता जनाउन बस्नेतले सबै पहिचान पक्षधरहरुमा आग्रह गरेका छन्।

मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर संघर्षरत छ। पहिचानको राजनीतिले जाति/समुदायबीचको विभेद, उत्पीडन, असमानतालाई न्यायोचित रुपमा हल गर्न सहयोग गर्दछ भन्ने विषयमाथि प्रकाश पार्न गोष्ठीको आयोजना गरिएको बस्नेतले बताए।

जसपा नेपालले आयोजना गरेको उक्त गोष्ठीका वक्ताहरुमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु हुने बताइएको छ ।

प्रकाशित: २० वैशाख २०८२ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast