
काठमाडौँ- फिल्म पूर्णबहादुरको सारंगी निर्माण गरेका निर्माता विनोद पौडेलेको नयाँ फिल्म अभिमन्यूको छायांकन सकिएको छ। गत चैत्र १९ गते देखि फ्लोरमा गएको फिल्मको छायाँकन जम्मा २५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ।
सेभेन सिज फिल्मको प्रस्तुतिमा तयार भइरहेको अभिमन्युलाई नव निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन। मुकेश खनालको लेखनमा आधारित फिल्ममा मदन थापा क्रिएटिभ निर्देशकको रूपमा रहेका छन्, जसले यसअघि बाटोस् रोड टु डेथ निर्देशन गरेका थिए।
अभिमन्यूमा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतका कलाकार शीर्ष भूमिकामा छन। पैसाको मोहमा जालमा फसेको पात्रले उम्किन गर्ने संघर्ष नै फिल्मको मूल कथा हो।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। शरद महतो फिल्मका म्इए (क्यामेराम्यान) हुन्। अभिमन्यु भदौ २७ गते नेपालसहित विश्वभर एकैसाथ नेपाली र हिन्दी भाषामा रिलिज हुने तयारीमा छ।