
काठमाडौँ- ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि प्रोषेश पाण्डेले उचालेका छन्।शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् ।
विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १-१ लाख रुपैयाँ प्राप्त गरे। कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए। कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए ।
कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्।
प्रकाशित: २० वैशाख २०८२ ७:१८
प्रतिक्रिया