
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्ससँग सनराइजर्स हैदरावाद पराजित बनेको छ। शनिबार राति भएको खेलमा गुजरातले दिएको २२५ रनको लक्ष्य दिएको खेलमा हैदरावाद १८६ रनमा समेटेको थियो।
गुजरातका लागि मोहम्मद सिराज र प्रशिध कृष्णले दुई/दुई तथा इशान्त शर्मा र जेराल्ड कोइत्जीले १र१ विकेट लिए।
हैदारावादका लागि अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाए। उनले ४१ बलमा ४ चौका र ६ छक्का हाने। हेनरिच क्लासेनले २३ रन र ट्राभिस हेडले २० रन बनाउँदा नितिशकुमार रेड्डी २१ रन र प्याट कमिन्स १९ रन बनाएर नट आउट रहे। अन्य ब्याटर चल्न सकेनन्।
पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेट गुमाएर २२४ रन बनाएको थियो। गुजरातका लागि कप्तान शुभमन गिललले सर्वाधिक ७६ रन बनाए। उनले ३८ बलमा १० चौका र २ छक्का हाने।
जोश बट्लरले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ६४ रन बनाए। ओपनर साई सुदर्शनले २३ बलमा ९ चौका प्रहार गरी ४८ रन बनाए। त्यस्तै वाशिङ्टन सुन्दरले १६ बल खेलेर २१ रन जोडे। अन्य ब्याटर चल्न सकेनन्।
बलिङतर्फ हैदरावादका जयदेव उनाडकटले तीन तथा पाट कमिन्स र जीशन अन्सारीले एकरएक विकेट लिए। दोस्रो स्थानमा उक्लिएको गुजरातको १४ अंक छ। समान अंकसहित मुम्बई इन्डियन्स शीर्ष स्थानमा छ। उसले एक खेल बढी खेलेको छ।
हैदरावाद नवौँ स्थानमा छ।