
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद स्वर्णीम वाग्लेले सरकारको नीति तथा कार्यक्रमलाई थाकेको अल्छी सरकारले ल्याएको कार्यक्रम भएको टिप्पणी गरेका छन्।
शुक्रबार संसद भवनमा पत्रकारसँग कुरा गर्दै वाग्लेले यसअघि असफल भइसकेका कार्यक्रमलाई सरकारले दोहोर्याएकाले थाकेको अल्छी सरकारले ल्याएको कार्यक्रम भएको टिप्पणी गरेका हुन्। उनले देशमा उथलपुथल भइरहेको अवस्थामा त्यसमा निरपेक्ष भएर सरकारको कार्यक्रम आएको बताए।
उनले नीति तथा कार्यक्रमलाई बजेटबाट विश्वनीय बनाउन सरकारलाई सुझाव दिए।
प्रकाशित: १९ वैशाख २०८२ १८:३३
प्रतिक्रिया