नीति तथा कार्यक्रम : तीव्र आर्थिक विकास हासिल गरिने

हिमाल प्रेस १९ वैशाख २०८२ १६:२६
26
SHARES
नीति तथा कार्यक्रम : तीव्र आर्थिक विकास हासिल गरिने तस्बिर : रासस

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा संकल्पका साथ सरकार अघि बढिरहेको बताएका छन्।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सुशासन प्रवर्द्धनका लागि तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले भने, ‘प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, संघर्ष र बलिदान, परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउन, जनतामा राज्यप्रति थप आशा र भरोसा प्रदान गर्न, आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण र दण्डहीनता अन्त्य गर्न सरकार प्रतिबद्ध छ।

प्रकाशित: १९ वैशाख २०८२ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast