
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अवस्था समेटेर शुक्रबार श्वेतपत्र सार्वजनिक गरेका हुन्।
उनले पत्रकार सम्मलेन गरी प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख गरेका छन्। पदवहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको जानकारी पनि गराएका छन्।
माग र आपूर्तिको असन्तुलन वर्षा यामको विद्युत खेर गएको छ भने सुख्खायाममा विद्युत्को माग बढिरहेको छ र पूर्ण रुपमा आपूर्ति गर्न नसकिएको शाक्यले बताए।
श्वेतपत्र घर संरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको बताइएको छ भने फागुन मसान्तसम्म आन्तरिक माग २३ सय ३७ मेगावाट र यो आवको अन्त्यसम्म त्यस्तो माग २४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण श्वेतपत्रमा उल्लेख छ।
दिगो समाधान र ऊर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गरी उर्जा भण्डारण गर्ने बताइएको छ।