
काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै नयाँ आन्दोलनको घोषणा गरेको छ।
आन्दोलन संयोजक बब्बन मिश्रालाई बनाइएको छ भने सहसंयोजकमा दीप खतिवडा छन्। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार महासंघले सरकारसँग एकलौटी सम्झौतामा विद्यालय कर्मचारीको पक्षलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
उक्त सम्झौतामा विद्यालय कर्मचारीलाई निजामती कर्मचारी सरहको ग्रेड मिलान, स्थायी नियुक्ति, दुर्गम भत्ता र मर्यादाक्रममा शिक्षकलाई राख्ने लगायतका सुविधाहरूको माग राखिएको थियो। तर महासंघले यी मागहरूलाई बेवास्ता गर्दै एकलौटी सम्झौता गरेको परिषद्को भनाइ छ।
अध्यक्ष तिवारीका अनुसार अबको आन्दोलन शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गर्नका लागि हुनेछ। परिषद्ले वैशाख २१ देखि १२ कक्षाको परीक्षामा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम घोषणा गरेको छ।
विद्यालय कर्मचारी परिषदको आन्दोलनका मुख्य मागहरू
१. शिक्षक र कर्मचारी बीचको विभेद अन्त्य गर्न,
२. हालसम्मका सहमतिहरू कार्यान्वयन गर्न,
३. विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्न,
४. तलबमान कायम गर्न,
५. विद्यालय कर्मचारीलाई दुर्गम भत्ता उपलब्ध गराउन,
६. तोकिएको समयमा शिक्षा ऐन जारी गर्न र
७. सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न।
अध्यक्ष तिवारीले यी मागहरू पूरा नभएसम्म परिषद्को आन्दोलन जारी रहने बताए।
आन्दोलन परिचालन समिति
बब्बन मिश्रा (संयोजक)
दीप खतिवडा (सहसंयोजक)
सदस्यहरूमा
भुवन पोखरेल
देवीराम भुसाल
मीनराज डाँगी
देवी शर्मा धिताल
रीना ठकुरी काफ्ले
नारायण प्रसाद यादव
शंकर कुमाल
नरेन्द्र भट्ट
प्रकाश चन्द
खडक खत्री
जीवन क्षेत्री