
तनहुँ- शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार आयोजित नि:शुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट ७८० जना लाभान्वित भएका छन्।
केन्द्रको आयोजना तथा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा नि:शुल्क ईसीजी सेवा, भिडियो एक्सरे सेवा, मधुमेह परीक्षण गरिएको थियो।
हृदयरोग केन्द्रका ११ जनाको स्वास्थ्यकर्मी टोलीलाई जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चिकित्सकले सघाएका थिए। जटिल समस्या भएका बिरामीलाई थप उपचारका निम्ति हृदय केन्द्रमा जान सुझाव दिइएको थियो।
प्रकाशित: १९ वैशाख २०८२ ९:०३
प्रतिक्रिया