कालीगण्डकी करिडोर : राहुघाट-तातोपानी १४ किलोमिटर कालोपत्र

हिमाल प्रेस १९ वैशाख २०८२ ८:५२
8
SHARES
कालीगण्डकी करिडोर : राहुघाट-तातोपानी १४ किलोमिटर कालोपत्र

म्याग्दी- बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत राहुघाट-तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका-३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी नागढुंगासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

निर्माण कम्पनीका अनुसार राहुपारे-बैसरी-कुनौटा-बेगखोला-कालीओडार-तिप्ल्याङ-महभिर-भिरकाटे-घार बैसरी-रातोपानी-पोखरेबगर-भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ।

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो। चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुंगाबाट म्याग्दी हुँदै मुस्ताङको कोरला पुग्न दुई लेनको २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३/७४ देखि कालोपत्र गर्न सुरु भएको हो।

हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ।

प्रकाशित: १९ वैशाख २०८२ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast