केआईआईटीमा नेपाली छात्राको निधनप्रति के भन्छिन् परराष्ट्रमन्त्री राणा?

हिमाल प्रेस १९ वैशाख २०८२ ७:४७
74
SHARES
केआईआईटीमा नेपाली छात्राको निधनप्रति के भन्छिन् परराष्ट्रमन्त्री राणा? आरजु देउवा राणा

काठमाडौँ- भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिया साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनापछि भारत सरकार, ओडिसा राज्य सरकार र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिनको पहल सुरु गरेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जनाएकी छिन्।

मन्त्रालयले आवश्यक कूटनीतिक प्रक्रिया अघि बढाउँदै पीडित परिवारलाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन्।

यसैबीच, परराष्ट्रमन्त्री देउवाले उक्त घटनाले गहिरो दुःख र पीडा दिएको भन्दै समवेदना व्यक्त गरेकी छन्। राणाले शुक्रबार सामाजिक सञ्जालमार्फत शोक सन्देश प्रकाशित गर्दै भनिन्,‘प्रिया साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ। प्रियाको आत्माको चीर शान्तिको कामना गर्दै यस दु:खद् घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

मृतक छात्रा साह वीरगन्ज निवासी रहेको जनाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष सार्वजनिक हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।विद्यार्थीहरूका सुरक्षा र कल्याणका लागि सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय हुनुपर्नेमासमेत सामाजिक सञ्जालमा चासो व्यक्त गरिएको छ।

प्रकाशित: १९ वैशाख २०८२ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast