इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त पक्राउ

हिमाल प्रेस १८ वैशाख २०८२ २०:१०
96
SHARES
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त पक्राउ

काठमाडौँ- इन्टरपोलबाट रेड नोटिस जारी भएको एक फरार अभियुक्तलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दोलखा गौरीशंकर गाउँपालिका–५ सुरी डाँडा घर भएका बागसिं भन्ने रबिन तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको हो।

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिस्तरमा खोजतलास एवं पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दोलखाले नेपाल प्रहरीलाई अनुरोध गरेको थियो।

दोलखा प्रहरीको अनुरोधमा ‘एनसीबी’ काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०२३ अगस्त २१ मा तामाङविरूद्ध रेड नोटिस जारी भएको थियो।

विमानस्थलबाट पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०८२ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast