जनताले फ्यालिसकेको सामन्ती संस्था फर्किनेवाला छैन : प्रधानमन्त्री

हिमाल प्रेस १८ वैशाख २०८२ १८:२४
10
SHARES
जनताले फ्यालिसकेको सामन्ती संस्था फर्किनेवाला छैन : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले फ्यालिसकेका सामन्ती संस्था र व्यवस्था कुनै पनि हालतमा नफर्किने बताएका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले जनतालाई रैती बनाउन सपना देखेर फेरि फर्किने कुचेष्टा गरिरहेको चाहना पूरा हुने कुनै सम्भावना नरहेको प्रस्ट पारे।

‘सत्तामा नहुँदा त यस्तो खालको उग्रता छ भने, सत्तामा हुने हो भने त्यो उग्रता, तानाशाही उनीहरूले कसरी प्रयोग गर्छन भन्ने कुरा स्पष्ट देखिएको छ,’ उनले भने,‘जनतालाई रैती बनाउन सपना देखेर फेरि फर्किने कुचेष्टा गरिरहेका छन्, यो कदापि सम्भव छैन।’

ओलीले उनीहरूको प्रवृत्ति के थियो भन्ने अहिले नदेखेका मान्छेले पनि थाहा पाउने उल्लेख गरे।

‘फ्यालिएका सामन्ती संस्था र फ्यालिएका तिनका प्रतिनिधिहरू समेत अहिले मौजुद छँदैछन्। तिनका आँखामा सहवा्का झलझली यादहरू आइरहेका छन्,’ उनले भने,‘उनीहरूको राज्य कस्तो थियो भने धेरै टाढा जानु पर्दैन, उनीहरूका अभिव्यक्तिले कसलाई गोली ठोक्ने, कसलाई माने, कसलाई थुन्ने आदि कुराहरूबाटै बुझिन्छ उनीहरूको प्रवृत्ति। अहिले नदेखेका मान्छेले पनि थाहा पाउँछन्।’

चैत १५ गतेको क्रियाकलापहरूबाट पनि राजवादीहरूको प्रवृत्ति प्रस्ट भएको उनले बताए। ओलीले भने,‘चैत १५ गतेको उनीहरूको क्रियाकलापबाट पनि मानिसहरूले उनीहरू कस्ता हुन्, कस्ता तरिका अवलम्बन गर्छन, कति निर्मम हुन्छ, असम्बन्धित मान्छेलाई कति पीडा दिनसक्छन्, प्रस्ट भएको छ।’

राजसंस्थाका समर्थकहरू राम्रा कुरा बहिष्कार गर्दै हिँडेको उल्लेख गरे।

उनले भने,‘यस्ता तत्वहरूले बहिष्कार गर्ने रे? यिनीहरूले लोकतन्त्र, संविधान, गणतन्त्र, जनताको सार्वभौम सत्तालाई विरोध गरेका छन्। यिनीहरूले राम्रा कुराको विरोध गर्छन् भन्ने थाहै छ त।’

नेपाली जनता उनीहरूको दुरूपयोगबाट बच्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: १८ वैशाख २०८२ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast