जनसम्पर्क समिति नर्वेको सभापतिमा मिश्र

हिमाल प्रेस १८ वैशाख २०८२ १६:५२
22
SHARES
जनसम्पर्क समिति नर्वेको सभापतिमा मिश्र

काठमाडौँ- नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित भएका छन्। पाँचौँ अधिवेशनमा मिश्र २८३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी शालिकग्राम अर्यालले १८६ मत प्राप्त गरेको निर्वाचन अधिकृत नवीन थपलियाले बताए। अधिवेशनमा निर्वाचित भएपछि मिश्रले सबै पक्षलाई समेटेर संगठन अघि बढाउने प्रतिबद्धता जनाए।

पाँचौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पूर्ण शाही सर्वसम्मत चयन भए। अन्य उपाध्यक्षमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही निर्वाचित भए। चार उपाध्यक्षको लागि सात जनाको प्रतिस्पर्धा भएको थियो।

अधिवेशनमा सुनिल ढुंगाना, इन्द्रकुमार थापा र रोशन अधिकारीले प्रतिस्पर्धा गरे पनि निर्वाचित हुन सकेनन्। त्यसैगरी महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार निर्वाचित भएका छन्। सहमहामन्त्रीमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेश बास्कोटा तथा प्रवक्तामा जगन्नाथ पाण्डेले विजयी भएका छन्।

पूर्वसभापति जितेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनले मिश्रको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिका सदस्यहरूमा घनश्याम तिवारी, नवीन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा, सुनिल बास्तोलालगायत छन्।

नवनिर्वाचित उपाध्यक्ष रमेश घिमिरेका अनुसार अधिवेशन सम्पन्न गराउनका लागि कांग्रेसका केन्द्रीय सदस्य तथा भारतस्थित जनसम्पर्क समिति सभापति बालकृष्ण पाण्डे अधिवेशनका लागि नर्वे पुगेका थिए।

प्रकाशित: १८ वैशाख २०८२ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast