श्रमिकलाई पूर्णअधिकार सम्पन्न बनाउने गरी सरकारले नीति कार्यक्रम ल्याउनुपर्छ : देउवा

हिमाल प्रेस १८ वैशाख २०८२ १५:००
8
SHARES
श्रमिकलाई पूर्णअधिकार सम्पन्न बनाउने गरी सरकारले नीति कार्यक्रम ल्याउनुपर्छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकहरुलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्तरिक रोजगारको बृद्धि गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले श्रमिकहरुलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने आफ्नो मान्यता रहेको बताए।

आफ्नै देशमा ज्ञान सिपको विकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पूरा गर्नुपर्ने उनले बताए। उनले असंगठित श्रमिकहरुको पहिचान गरी पञ्जीकरणका लागि स्थानीय तहमा श्रमिक डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको धारणा राखे। देउवाले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

त्यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले मुलुकको परिवर्तनमा श्रमिकहरुको महत्वपूर्ण योगदान गरेको भन्दै उनीहरुको अधिकार स्थापित गर्न कांग्रेस सदैव क्रियाशिल रहेको धारणा राखे। योगदानमा आधारित सामाजिक सुरक्षामा अनौपचारिक क्षेत्रलाई पनि समावेश गर्नु चुनौती रहेकाले यसलाई ध्यान दिनुपर्ने उनले बताए। उनले श्रमिक आयोग गठनका लागि कांग्रेसले निरन्तर पहल गर्ने बताए।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको संघर्ष र आन्दोलनको सफलताको स्मरण गर्दै मे १ तारिखलाई संसारभरिका मजदुरले अन्तर्रराष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast