‘जन्ते बाख्रो’ को पोस्टरमा कलाकारको भीड

हिमाल प्रेस १८ वैशाख २०८२ १२:४२
10
SHARES
‘जन्ते बाख्रो’ को पोस्टरमा कलाकारको भीड

काठमाडौँ- आगामी जेठ २३ देखि प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गरिएको छ।

पोस्टरमा फिल्मका सबै मुख्य कलाकार अटाएका छन्। सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चश्मा लगाएको छ। साथमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकार देखिएका छन्। पोस्टर रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेका हुन्।

सिमोश सुनुवारको निर्देशनमा बनेको फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको पनि छन्।

फिल्मको ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ गीत सार्वजनिक भइसकेको छ। मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्म सामाजिक र कमेडी कथावस्तुमा आधारित छ।

सन्तोष गौतमको निर्माणमा तयार भएको फिल्म हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादनमा बनेको छ।

प्रकाशित: १८ वैशाख २०८२ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast