
काठमाडौँ- फिल्म ‘महाराजधिराज’ मा नायक रमेश उप्रेती अनुबन्धित भएका छन्। रमेश मुख्य भूमिकामा अनुबन्ध भएका हुन्।
रमेश लामो समयपछि फिल्ममा फर्किन लागेका हुन्। ‘ऐश्वर्य’पछि उनी अभिनीत फिल्म प्रदर्शन भएको छैन्। केही म्युजिक भिडियोमा देखिएका छन्।
फिल्ममा अभिनेता पल शाहले मुख्य भूमिका देखिने निर्माणपक्षले यसअघि नै जानकारी दिएको थियो। ‘महाराजधिराज’ परिच्छेद सेनले निर्देशन गर्दैछन्। निर्देशक स्वयंको लेखन रहेको फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए।
फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।
प्रकाशित: १८ वैशाख २०८२ ११:३८
प्रतिक्रिया