श्रमसंसार पोर्टल ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार बन्छ : प्रधानमन्त्री

हिमाल प्रेस १८ वैशाख २०८२ ११:३७
10
SHARES
श्रमसंसार पोर्टल ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार बन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ गरेका छन्।

प्रधानमन्त्री ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण र प्रविधिको विकास गर्नुपर्ने बताएका छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’को विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अह भूमिका रहने उनले बताए।

‘श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ। श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरु हुन्। सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढाएको छ।’ उनले भने।

उनले सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घरदैलोमा पु¥याउनका लागि श्रम मन्त्रालयको श्रम संसार पोर्टलले ठुलो भुमिका खेल्छ। पछिल्लो समय वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरु नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।

यस्तै, श्रमसंसार पोर्टलले श्रमिक, रोजगारदाता र रोजगार सेवा वीचको दुरी हटाइ फेसलेस, प्रोसेसलेस र म्यानुपुलेसनलेस बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले जानकारी दिएको उनका अनुसार यस पोर्टलले नागरिकको सीप क्षमता तथा योग्यताको विकास मार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई यसले नियमन गर्दै राष्ट्रलाई सम्बृद्धितर्फ लैजान सहयोग गर्नेछ।

श्रम तथा रोजगार सम्बद्ध विषयहरुको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाहरुको नियमन, रोजगार सेवाको समतामूलक पहुँच, योग्यता विस्तार मार्फत प्रयोग गर्न मिल्ने उनले बताए।

‘श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो। सरकारले आगामी दशकलाई आन्तरिक प्रवद्र्धन दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेको छ। यसबाट नेपाली श्रम बजारमा सुधार आउँछ।’ उनले भने।

प्रकाशित: १८ वैशाख २०८२ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast