राहुघाट ‘बेसिन’मा निर्माण भएको पहिलो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन हुँदै

हिमाल प्रेस १८ वैशाख २०८२ १०:५८
राहुघाट ‘बेसिन’मा निर्माण भएको पहिलो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन हुँदै

म्याग्दी- रघुगंगा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला-मंगले-राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ। तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ।

आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ।

आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ। राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो।

प्रकाशित: १८ वैशाख २०८२ १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast