श्रमिकहरूको अधिकार लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा सम्भव छ : प्रचण्ड

हिमाल प्रेस १८ वैशाख २०८२ ८:२१
6
SHARES
श्रमिकहरूको अधिकार लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा सम्भव छ : प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : रासस

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता प्रकट गरेका छन्।

मुलुकमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका संघर्ष र बलिदानको स्मरण गर्दै सन्देशमा उनले त्यसको परिणामस्वरुप आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताएका छन्।

सन्देशमा उनले ‘सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो। आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो’, भनेका छन्।

प्रकाशित: १८ वैशाख २०८२ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast