 प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमिति संयोजक छविलाल विश्वकर्मा। फाइल तस्बिर।
                             प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमिति संयोजक छविलाल विश्वकर्मा। फाइल तस्बिर। 
                                            काठमाडौँ- सामुदायिक विद्यालयका स्थायी शिक्षकको १२ वर्षमा स्वतः बढुवा हुने प्रावधानमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिमा सहमति जुटेको छ।
यसअघि सरकार र नेपाल शिक्षक महासंघबीचको सहमति अनुसार विधेयकमा बढुवाको व्यवस्था नराखिएको भन्दै स्थायी शिक्षकहरूले असन्तुष्टि जनाएका थिए।
उपसमितिका एक सदस्यका अनुसार १२ बर्से आवधिक बढुवा व्यवस्था लागु भएपछि शिक्षकहरू सेवा प्रवेश गरेको पदमै सेवानिवृत्त हुनुपर्ने अवस्था अन्त्य हुनेछ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा गठन गरिएको उपसमितिले विद्यालय शिक्षा विधेयकको दफावार छलफल सम्पन्न गरेको छ।
                            प्रकाशित: २२ वैशाख  २०८२ ११:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 