प्रतीकात्मक तस्बिर।
झापा- हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो।
हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो। यो घटना गए रातिको हो।
प्रकाशित: १ जेठ २०८२ ८:४२ | Thursday, May 15, 2025
प्रतिक्रिया




