हुन्डीको रकमसहित काठमाडौँबाट एक जना पक्राउ

हिमाल प्रेस ४ जेठ २०८२ १८:२२ | Sunday, May 18, 2025
हुन्डीको रकमसहित काठमाडौँबाट एक जना पक्राउ

काठमाडौँ- प्रहरीले हुन्डीको रकमसहित काठमाडौँबाट एक जनालाई नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ घर भएका २४ वर्षीय संजय बस्नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बस्नेतलाई गोप्य सूचनाका आधारमा काठमाडौँ–२४ जुद्दसालिकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

उनको साथबाट स्रोत नखुलेको २० लाख २९ हजार ६२० रुपैयाँ, आईफोन एकथान र हस्ताक्षर गरेको तथा विभिन्न बैंकका खाली चेक ३० थान बरामद भएको बोहराले बताए।

प्रकाशित: ४ जेठ २०८२ १८:२२ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast